काठमाडौँ, ८ कात्तिक । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो । दुई सय १३ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ५ विकेट गुमाएर एक सय ४३ रन मात्र बनाउन सक्यो ।
हङकङ र यूएईले एक-एक खेलमात्रै जिते । तर रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शुक्रवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।