काठमाडौँ, १० कार्तिक । यूएईले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ ।
फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिएका थिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाएका थिए ।