Logo

त्रिदेशीय टी-२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा



काठमाडौँ, २९ असोज । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

कात्तिकको १ गते बुधवारदेखि शुरु हुने नेपाल, हङकङ र यूएईबीच हुने शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घाइते भएका कारण एसियाली खेलकुद खेल्न नपाएका ललितनारायण राजवंशी टिममा फर्किएका छन् । सन्दीप लामिछानेले भने यसअघि नै प्रतियोगिता नखेल्ने बताइसकेका छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख, गुल्सन झा, विवेक यादव र अविनाश बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्