काठमाडौँ, २६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी-२० श्रृङ्खला नखेल्ने घोषणा गरेका छन् ।
आउँदो कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेको उनले जानकारी दिएका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल, यूएई र हङकङबीच शृङ्खलाको आयोजना गरेको छ । तर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू कठिन परिस्थितिबाट गुज्रिरहेकोले खेलमा सहभागी हुन नसक्ने बताएका छन् ।
कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । समूह चरणका खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।