काठमाडौं, २२ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
यसअघि हिजोको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो । योसँगै थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ । यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले त्यसपछि थाइल्यान्डसँग २० रनले र अस्ति नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।