Logo

त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठाेक्किँदा एक जनाकाे मृत्यु



काठमाडौँ, ९ पुस । काठमाडौँको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३०१०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

घाइते सुनारको उपचारका क्रममा काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्