Logo

त्रिभुवन आर्मीले खेल्याे दिल्ली एफसीसँग बराबरी



भारत, २४ साउन । त्रिभुवन आर्मी क्लबले भारतको ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।

बुधवार आसामको साई मैदानमा भएको खेलमा आर्मीले दिल्लीसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर ८८ औँ मिनेटमा दिल्लीका गिरिक घोस्लाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । यो बराबरीसँगै आर्मीले दिल्लीसँग अङ्क बाँडेको छ ।

अब आर्मीले दोस्रो खेलमा आउँदो सोमवार चेन्नईयनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा आर्मीले अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्