
उदयपुर, १२ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार त्रिपक्षीइ प्रतिस्पर्धा छ ।
त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसले झिनो मतान्तरले अग्रता लिइरहेको छ भने समाजवादीका उम्मेलवारले टक्कर दिइरहेका छन् ।
९५४० मतगणना हुँदा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत छ । एकीकृत समाजवादीका बलदेव चौधरीले ३०११ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका भागवत राउतले २१२६ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसकी सरिता राई २८०९ मतका साथ अग्रता लिइरहेकी छन् । माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ र एमालेकी महेश्वरी राईले २३६८ मत पाएकी छन् ।







