Logo

त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ



काठमाडौँ, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेकाे हो ।

मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा साेमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ ।

चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता  जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्