काठमाडौँ, १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कांग्रेसको भ्रातृ संगठन नेवि संघलाई राज्यले नै संरक्षित गुण्डागर्दी गर्न छुट दिएको आरोप लगाएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा नेविसंघले गुण्डागर्दी गर्दा पनि राज्य मौन देखिएको भन्दै आपत्तिसमेत जनाए । त्रिविमा देखिएको समस्या समाधान नगरे संसद् चल्न नदिने एमालेको चेतावनी छ ।
ज्ञवालीले नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजेको हो ? भन्दै प्रश्न गरे । उनले त्रिविमा भएको आन्दोलनका विषयमा कुलपतिले जवाफ दिनुपर्ने माग गरे । एमालेको माग पछि सभामुख अग्नि सापकोटाले विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई निर्देशनसमेत दिए ।
लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या हुँदै आएको छ भने आइतबार नेवि संघ र अनेरास्ववियुबीच तालाबन्दीका विषयमा झडपसमेत भएको थियो ।







