Logo

थप्पड विवादमा भारतमा विद्यालय बन्द



भारत, ११ भदौ । भारतको उत्तर प्रदेश राज्यका अधिकारीहरूले त्यहाँको एउटा निजी विद्यालयकी शिक्षिकाले एक मुस्लिम विद्यार्थीलाई थप्पड हान्न भनेर उनका सहपाठीहरूलाई उक्साएको भन्ने विवादका माझ उक्त विद्यालय सिलबन्दी गरेका छन् ।

अधिकारीहरूका अनुसार नेहा पब्लिक स्कूलले “शिक्षा विभागका मापदण्डहरू पालना नगरेका कारण” उक्त विद्यालय बन्द गरिएको हो ।

सो विद्यालयका विद्यार्थीहरूलाई अर्को सरकारी विद्यालय वा नजिकका अन्य विद्यालयहरूमा सारिने अधिकारीहरूले बताएका छन् ।

यो विवादको केन्द्रमा रहेकी शिक्षिका तृप्ति त्यागीले भारतीय समाचार च्यानल एनडीटीभीसँग कुरा गर्दै उनी आफ्नो गतिविधिबाट “लज्जित नभएको” बताएकी छन् ।

पीडित बालकको परिवारले गणित विषयको गुणन तालिकामा गल्ती गरेका कारण उनीमाथि कुटपिट भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्