Logo

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित



काठमाडौं, १७ असार । थाइल्याण्डकी प्रधानमन्त्री पैतोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन कुराकानी लीक भएपछि सिनावात्रालाई राजीनामा दिन दबाब परेको थियो ।

यस टेलिफोन लीकमा, पैतोंगटार्न सिनावात्राले थाई सैन्य कमाण्डरको आलोचना गर्दै सेनलाई काका भनेकी थिइन् । यसपछि प्रधानमन्त्री पैतोङटार्न सिनावात्रा विरुद्ध आक्रोश पोखिएको थियो ।

सिनावात्रा विरुद्ध ३६ जना सांसदहरूले दिएको निवेदनपछि संविधान अदालतले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। अब अदालतको अन्तिम फैसला नभएसम्म उनी प्रधानमन्त्रीको हैसियतमा काम गर्न सक्दिनन्। यद्यपी, मन्त्रीपरिषद्‌को फेरबदलपछि उनी संस्कृति मन्त्रीको रुपमा भने कार्यरत रहनेछिन्।

यस घटनापछि सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्तारूढ गठबन्धन छाडेको छ, जसले उनको फेउ थाइ पार्टीको बहुमतमा संकट ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्