थाइल्यण्ड, २० साउन । थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
आगलागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइते मध्ये नौ पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ ।
घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।