Logo

थाइल्याण्डसँग खेल्दै नेपाल



भियतनाम, १९ असोज । नेपालले आज एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग खेल्दैछ ।

खेल भियतनामको फु थो स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

बलियो टोली थाइल्याण्डविरुद्ध राम्रो प्रर्दशन गर्दै अंक खोस्ने दाउमा नेपाल रहेको छ । मंगलबारको प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध शत प्रतिशत खेल्दै ३ अंकका लागि खेल्ने बताएका छन् ।

नेपाल छनोटका लागि सोमबार भियतनाम पुगेको छ । नेपाली टिम समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्