Logo

थाइल्यान्डको शिशु स्याहार केन्द्रमा गोली चल्यो: २३ बालबालिकासहित ३४ जनाको मृत्यु



थाइल्यान्ड, २० असोज । थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुमा रहेको एक प्री-स्कुल अर्थात् शिशु स्याहार केन्द्रमा गोली चलेको बीबीसीले जनाएको छ । मृत्यु हुनेमध्ये २३ जना बालबालिका रहेका थाइल्यान्डको प्रहरीले जनाएको छ । आक्रमणकारीले गोलीसँगै चक्कु समेतप्रहार गरेको बताइएको छ ।

आक्रमणकारी पूर्वप्रहरी रहेको र लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गएको वर्ष बर्खास्त गरेको थियो । घटनास्थलबाट गाडी लिएर भागेका आक्रमणकारीले आफू, श्रीमती तथा बच्चाको समेत हत्या गरेर आफैँलाई पनि गोली हानी आत्महत्या गरेका थाई सञ्चारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्