थाइल्यान्ड, १९ मंसिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो
उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।







