काठमाडौं, १३ जेठ । मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकुलगायतले आज टोलीलाई बिदाइ गरेका हुन् ।
नेपाली महिला टोलीले आउँदो शुक्रवार र सोमवार थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्दैछन् । मैत्रीपूर्ण फुटबलका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा यसअघि नै टोली घोषणा भइसकेको छ ।
एएफसी महिला एशिया कप छनोटको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोटको पहिलो चरणका खेलहरू जेठ २१ गतेदेखि शुरू हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।