काठमाडौँ, ७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका आज मङ्गलवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप बुधवारदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
यस्तो छ नेपाली टोली:
गाेलकीपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, विकाश खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चाैधरी, निशान्त खड्का
मिडफिल्डर: पुजन उपरकाेटी, एरिक विष्ट, नवीन लामा, राेहित चन्द, कमल थापा, मनीकुमार लामा, भरत खवास
फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चाैधरी, सुमित श्रेष्ठ, मनिष डाँगी