Logo

दक्षिण अफ्रिकामा जन्मोत्सव भेलामा बन्दुकधारीद्वारा आक्रमण: आठ जनाको मृत्यु



दक्षिण अफ्रिका, १६ माघ । दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो ।

घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।

आक्रमणको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्