दक्षिण अफ्रिका, १६ माघ । दक्षिण अफ्रिकाको एक सहरमा शनिबार जन्मदिन मनाइरहेका मानिसहरूको एक समूहमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
पोर्ट एलिजाबेथको दक्षिणी बन्दरगाह शहर जिकेबेर्हामा भएको गोलीकाण्डमा मारिएकामध्ये जन्मदिन मनाइरहेका घर मालिक र केही पाहुनाहरूको मृत्यु भएको हो ।
घरका मालिकले आफ्नो जन्मदिन मनाइरहेका बेला आइतबार साँझ दुई अज्ञात बन्दुकधारी आँगनमा पसेर पाहुनामाथि गोली चलाएको प्रहरीले जारी गरेको एक विज्ञप्तिमा पुष्टि गरिएको छ ।
आक्रमणको कारण भने खुल्न सकेको छैन ।







