अष्ट्रेलिया, २१ साउन । फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ ।
आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो ।
नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन् । आज हुने अर्को खेलमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।