Logo

दक्षिण अफ्रिका भारतविरुद्ध ५५ रनमा अल आउट



काठमाडौँ, १८ पुस । भारतसँगको दोस्रो टेस्टको पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अल आउट भएको छ ।

केपटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो दिनको खाना समयअघि नै ५५ रनमा समेटिएको हो ।

दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै जसप्रीत बुमराह र मुकेश कुमारले समान २ विकेट लिएका हुन् ।

भारतले पहिलो इनिङ्सको ब्याटिङ थालेको छ । २ खेलको शृङ्खलामा दक्षिण अफ्रिका १-० ले अघि छ ।

प्रतिक्रिया दिनुहोस्