दक्षिण कोरिया, १७ पुस । दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ ।
कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ ।
विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उनलाई घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् ।
लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए । उनलाई अहिले अस्पताल पुर्याइएको छ । ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येअोलसँग पराजित भएका थिए ।







