
झापा, २२ पुष । दमक ८ स्थित कञ्चनजंघा होटलबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–३ बस्ने १९ वर्षीया मनिका राई, दमक–१ बस्ने २६ वर्षीय सुरज कुमाल र सोही स्थानका ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन्।
होटलको कोठा नं. ८ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कोठाबाट विभिन्न दरको नगद ३३ हजार रुपैयाँसहित ६ ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।







