Logo

दमकमा ग्याङ फाइट, लिम्बुको ज्यान गयो



झापा, १२ असोज । दमकमा साथी साथीबीच ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

इलामको चुलाचुली गाउँपालिका-३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका-१ कुमाल चोकमा दमक -७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो ।

दमक-१ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरूसँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक-७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको डीएसपी रिजालले बताए ।

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्