Logo

दमकमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरी पनि घाइते



दमक, २७ वैशाख । कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार प्रदर्शनकारीले राँकोको मुस्लो र ढुंगाले हान्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । भीड नियन्त्रणमा नआएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । घाइते प्रहरीको दमकस्थित लाइफलाइन अस्पताल र सरकारी दमक अस्पतालमा उपचार भइरहेको छ । केही प्रर्दशनकारीसमेत घाइते भएका छन् ।

प्रहरीले भीड नियन्त्रणका लागि हानेको छर्राले लागेर दुई जना प्रदर्शनकारी घाइते भएको प्रहरीको भनाइ छ । प्रदर्शनकारीले दमकको गणतन्त्र चोकमा एक घण्टाभन्दा बढी राँको बाल्दै सडकसमेत अवरोध गरेका थिए । प्रदर्शनकारीले सवारी साधन तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्