Logo

 दमकमा ‘सक्रिय पत्रकार सञ्जाल’ गठन



दमक, २६ जेठ । जिल्लाको माइपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरु संगठीत भएका छन् । जिल्लाको माइपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गरिआएका क्रियाशील पत्रकारहरुको भेलाले ‘सक्रिय पत्रकार सञ्जाल’ गठन गरेका हुन् ।

बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।

त्यस्तै उपाध्यक्षमा अनिलदेव राई, सचिवमा चिरन्जीवि घिमिरे, कोषाध्यक्षमा बिष्णु पौडेल चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा आत्माराम राजवंशी, सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन र शुष्मा नेपाली रहेका छन् ।

त्यस्तै भेलाले बिमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको सचिव घिमिरेले बताए । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे र दुर्गा पौडेल रहेका छन् ।

यसैगरि, सोहि भेलाले सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेणु अधिकारी, शान नपाल र सुमित भण्डारी रहेका छन् ।

मञ्चको अधिबेशनमा सहभागिता नहुने

भेलाले पत्रकार मञ्च दमकको हुन लागेको अधिबेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।

मञ्चले पत्रकारहरुको पेशागत हितमा काम गर्न नसकेकाले त्यसका अधिबेशन लगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेका छन् । पेशागत हितका सन्दर्भमा सवै पत्रकारजन्य संघसंगठनहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्