Logo

दमक गोलीकाण्ड : पूर्वशिक्षकले गोली हानेको छात्राको बयान

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक



दमक , २१ वैशाख । झापाको दमकमा गोली गम्भीर घाइते भएकी छात्रा एनिका गजमेरले पूर्वशिक्षकले गोली हानेको वताउनु भएको छ । शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

 

छात्रा एनिका गजमेरको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत हुनुन्छ ।

एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताउनुभयो ।

डाक्टरका अनुसार छात्रा गजमेरकोको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।’

घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएकोवताउनुभयो ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक(दुई पटक यादवसँग भेट भएको वताउनुभएको छ । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उहाको भनाइ छ ।

गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्