काठमाडौं, १७ असार । काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिनुभयो ।
हिजो बेलुका ५ बजेको समयमा दरबारमार्गमा रहेको हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन् ।
लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा उपचारका क्रममा दुवैजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।