Logo

दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख



काठमाडौँ, १९ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार संसद् अधिवेशनको तयारीबारे आज अपराह्न ४ बजे छलफल हुनेछ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ ।

प्रतिक्रिया दिनुहोस्