Logo

‘दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन’



काठमाडौँ, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् ।

मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) लगायत दलहरूले निकालेको विरोध र्‍यालीपछि काठमाडौँको शान्तिबाटीमा आयोजित कोणसभामा वैद्यले दलहरूले प्रतिगमनविरुद्ध लोकतन्त्र भनेपनि जनताका लागि नभएको बताएका हुन् ।

मुलुकमा पटकपटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनले बताए । वैद्यले अहिले नेताहरूका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्