Logo

‘दल र उम्मेदवारले जसरी पनि मैले जित्नुपर्छ भन्छन्, आयोग निष्पक्ष हुनुपर्छ’



काठमाडौँ, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिएकी छन् ।

शीतल निवासमा बुधवार आयोगका पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचनका लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक, अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन चनाखो रहनुपर्ने बताइन् ।

राजनीतिक दल र उम्मेदवारलाई जसरी पनि आफूले चुनाव जित्नुपर्छ भन्ने भावना भए पनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत सङ्कलन गरेर निष्पक्षताको प्रत्याभूति दिनुपर्नेमा भण्डारीले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्