Logo

दशनामी समाजको नगर कोष स्थापनाका लागि नरनाथले दिए ५० हजार



झापा, १७ असोज । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सल्लाहकार तथा सामाजिक ब्यक्तित्व नरनाथ गिरीले समाजलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

नगर समितिले आइतवार बिर्तामोडमा आयोजना गरेको २०७९ को बडादशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा गिरीले यसअघि समाजको कोष स्थापनाका लागि घोषणा गरेको ५० हजार रुपैयाँको चेक समाजका नगर अध्यक्ष अर्जुन गिरीलाई हस्तान्तरण गरेका हुन् ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नरनाथ गिरीले चेक हस्तान्तरणसँगै बन्धुहरुका लागि गठन भएको समाजमा सवै एकताबद्ध हुन आग्रह गरे । उनले सवैले सकेको आर्थिक सहयोग गरेर समाजको कोष स्थापना गरेर बन्धुहरुमा आइपर्ने समस्या सामाधन गर्न जोड दिए ।

उक्त अवसरमा समाजका प्रदेश नं.१ अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, नगर सल्लाहकार उमेश भारती, समाजका झापा कोषाध्यक्ष तथा नगर सल्लाहकार बालकृष्ण गिरी, नगर सदस्य घनश्याम गिरी, खेमराज गिरीलगायतले आ-आफना धारणा राखेका थिए ।

समाजका बरिष्ठ उपाध्यक्ष नारायण गिरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव उद्धव पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्