Logo

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै



काठमाडौँ, १३ असोज । दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्