Logo

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला



काठमाडौँ, १ असोज । दशैँको लागि काठमाडौँबाट गाउँघर जाने यात्रुको लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्