Logo

दशैँमा सुनसान बन्यो काठमाडौँ उपत्यका



काठमाडौँ, ६ कार्तिक । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ ।

विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्राय: बन्द छन् ।

काठमाडौँमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्