Logo

दशैंमा कलाकार मनिश श्रेष्ठले डान्स, एक्टिङ्ग र म्युजिक कोर्श निःशुल्क सिकाउने



काठमाडौँ, १९ असोज । मल्टीट्यालेन्ट भनेर चिनिने चर्चित कलाकार मनिश श्रेष्ठले आफ्नो गाउँ घरमा गएर १० दिने डान्स, एक्टिङ्ग र म्युजिक कोर्श निःशुल्क सिकाउने हुनुभएको छ।

पछिलो समय निकै चर्चा बटुलिरहेका बहुप्रतिभाशाली कलाकार हुनुन्छ मनिश श्रेष्ठ । सोरुङ छबिसे, उदयपुर जिल्लामा जन्मनु भएका उहाले गरेका निकै गित ट्रेङ्डिङ्गको लिस्टमा परेका छन् भने उहा सबै बिधामा पोक्त कलाकार हुनुन्छ। विश्व रेकर्ड देखि सबै बिधामा पोक्त मनिशले आफ्नो गाउँ घरका दाजुभाइ दिदीबहिनी इच्छुक सबै लाई निःशुल्क १० दिन सम्म कोर्श दिने हुनुभएको हो ।

श्रेष्ठले भन्नुुभयो “म त्यही गाउँमा भाटाको कपटेरो बालेर गाउँ गाउँ हेर्न जाँदै त्यहि बाट केही सिकेर आज यँहा सम्म छु। त्यति बेला मैले कुनै गुरु नपाउँदा मलाई निकै गारो भएको थियो पछि म भागेर गाउँ बाट काठमाडौ आएर केही बर्ष क्लास लिए त्यसै गरेर विभिन्न ठाउमा गएर केही कुरा सिकेर आज आफ्नो उदेस्य अनुसारको बाटो हिड्दै छु। मैले जस्तो त्यहाको भाइ बहिनीहरु भौतारीन नपरोस् भनेर केही दिन सिकाउन लागेको छु” ।

बाहिरको कार्यक्रममा दशैमा नहिडे पनि तिहारमा अस्ट्रेलिया, दुबाईको कार्यक्रममा उहा व्यस्त रहने बताईएको छ । ।

प्रतिक्रिया दिनुहोस्