Logo

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते



दाङ, १५ भदौ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका-१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।

उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थलमा टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्