Logo

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ, २ माघ । दाङमा बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दाङको सर्रा-सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २१ वर्षका सुशील चौधरी र त्यही ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्