दार्चुला, २८ जेठ । दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन् ।
शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् ।
महाकाली लोकमार्गको गोकुलेश्वर-खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।