दार्चुला, १ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको हो ।
मृतकमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट धेरै तल खसेको र कति जना मान्छे चढेका थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको हो ।






