दार्चुला, २३ फागुन । दार्चुलामा मङ्गलवार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
दार्चुलाको महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जीपमा भारतीय नागरिक रहेका बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।






