Logo

दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता



दार्चुला, २५ भदौ । दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको मृत्यु भएको हो ।

नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण मृत्यु भएको चन्दले जानकारी दिए । बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्