Logo

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप



सांकेतिक तस्बिर

दार्चुला, २७ कात्तिक । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो ।

झडपमा परि नौगाड-६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड-५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ठगुन्नालाई सामान्य चोट लागेको र धामीलाई धनगढी रिफर गरिएको उनले बताए ।

पार्टीको चुनावी सभालाई अवरोध गर्ने गरी आम सभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाको भनाइ छ । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्