झापा,२१ फागुन । पठन संंकृतिको विकास गर्ने उद्देश्यले भद्रपुरमा रिडर्स क्लब भद्रपुर गठन भएको छ । नयाँ पुस्ताका कला, साहित्य र लेखनमा रुची राख्नेहरुको आइतवार भएको भेलाले प्राञ्जल साधना केन्द्र चन्द्रगढीका संचालक खेमराज दाहालको संयोजकत्वमा एघार सदस्यीय क्लब गठन भएको हो ।
क्लबको सचिवमा सुरशाला म्युजिक एण्ड डान्स एकेडमी भद्रपुरका संचालक खेमनारायण श्रेष्ठ (रमेश) रहेका छन् । क्लबको सदस्यमा समिृष्ठा नेपाल, कृति राई, अञ्जन अधिकारी, कुमार अनुरागी, मोहन राजवंशी, कृतम बन, चन्द्रमणि पौडले र कृष्ण अनमोल रहेका छन् । एक जना महिला सदस्य पछि थप गर्ने भेलाले निर्णय गरेको छ ।
भेलाले फागुन २५ गते पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक कृति आमसञ्चार र समावेशी पत्रकारितामाथि विमर्श कार्यक्रम राख्ने भएको छ । क्लबले नवप्रतिभा अध्ययनमा उत्प्रेरित गर्ने उद्देश्यले पुस्तक चर्चालगायतका कार्यक्रम गर्ने संयोजक दाहालले बताए ।






