Logo

दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती: अर्थमन्त्री



फाइल तस्बिर

भारत, १ साउन । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले राजस्व स्रोतको अभाव र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण अल्पविकसित मुलुकमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताएका हुन् ।

स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको उनले बताए । अल्पविकसित र विकासोन्मुख मुलुकका लागि अनुदान र सहुलियतपूर्ण आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनका लागि पनि अर्थमन्त्री डा महतले उक्त सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

उक्त सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्