Logo

दिपक मनाङे निर्विरोध निर्वाचित



मनाङ, २६ असोज । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।

स्वतन्त्र उम्मेदवार दोर्जेले बुधबार उम्मेदवार फिर्ताका लागि निवेदन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्