Logo

दिलमाया हत्या आरोपमा पक्राउ परेका श्रेष्ठ कारागार चलान



काठमाडौँ, ९ साउन । नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका-२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) को हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले गत असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुनारको हत्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौँको गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जानकारी दिए ।

पक्राउ श्रेष्ठ मृतक सुनारको कोठामा विगत आठ महिनादेखि मृतककोे श्रीमान् हो भनी सँगै बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेर राय प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्