Logo

दिल्लीमा एक भवनमा आगलागी: २७ जनाको मृत्यु



दिल्ली, ३१ वैशाख । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् ।

आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्