Logo

दिल्ली पुर्याएर वेश्यावृत्तिमा लगाउने तीनजना पक्राउ



काठमाडौँ, १४ चैत । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पु¥याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीय सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनबँेसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबँेसीकै २० वर्षीय सुस्मा मग्राती रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका तीनैजनालाई सोमवार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता पङ्गेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्