काठमाडौँ, २० मंसिर । मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन् ।
‘मन्त्री ठूलो कुरा होइन । मलाई ठूलो मन्त्री अफर गरेको थियो । तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ । म मुख्यमन्त्रीमा दाबी गरेर काठमाडौँ आएको होइन । मुख्यमन्त्री दिए पनि मलाई काम छैन । त्यसका लागि अनुभव चाहिन्छ। त्यसको अनुभव पनि छैन,’ उनले भने ।







